साउदी अरबमा शल्य चिकित्सकको अपरेशन थिएटरभित्रै मृत्यु



Download our app to get more features

एजेन्सी, ९ मंसिर । साउदी अरबमा एक शल्य चिकित्सकको अपरेशन थिएटरमै मृत्यु भएको छ। अर्थोपेडिक अपरेशनको तयारी गरिरहेका डा।महदी अल–इमारीको हृदयाघातका कारण मृत्यु भएको साउदी मिडियाले जनाएका छन्।

महदीको खामीको मुशाइत सिभिल अस्पतालमा मृत्यु भएको हो।

अपरेशनको तयारी गरिरहेका बेला डा. महदी बिरामी भएको थाहा पाएपछि सहकर्मीहरुले उनलाई मुटुको समस्याको परीक्षण गर्न आग्रह गरेका थिए। इसिजी गरेपछि महदीले बिरामीको अपरेशन गरे या गरेनन् भन्नेबारे भने स्पष्ट छैन। 

छाती तथा पेटमा समस्या आए पनि सुरुमा डा महदीले बिरामीको अपरेशन गर्ने बताएका थिए। तर सहकर्मीको आग्रहपछि उनको इसिजी गरिएकोमा हृदयाघात भएको पाइएको थियो। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts