विश्वभर संक्रमितको संख्या ५ करोड ९१ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ९ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ९१ लाख नाघेको छ।  मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ९१ लाख  ६ हजार ८ सय ७७ जना संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या एक करोड २४ लाख ४ हजार ९ सय ८६ पुगेको छ। त्यस्तै भारतमा ९१ लाख ३९ हजार ८ सय ६५, ब्राजिलमा ६० लाख ८७ हजार ६ सय ८ र रुसमा २० लाख ९६ हजार ७ सय ४९  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ९५ हजार १ सय ७६ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ५७ हजार ६ सय १६,  ब्राजिलमा १ लाख ६९ हजार ४ सय ८५, मेक्सीकोमा एक लाख १ हजार ६ सय ७६, बेलायतमा ५५ हजार ३ सय २७, इटालीमा ५० हजार ४ सय ५३ जनाको मृत्यु भएको छ । 

विश्वभर तीन करोड ७८ लाख ४१ हजार ६ सय ७० जना संक्रमणमुक्त भएका छन्। 

मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ८१ हजार १ सय ८४, अमेरिकामा ४६ लाख ३३ हजार ६ सय , रुसमा १५ लाख ९८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन्।

सार्क राष्ट्रको तथ्यांक

भारतमा संक्रमितको संख्या ९१ लाख ३९ हजार ८ सय ६५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३३ हजार ७ सय ३८ पुगेको छ। भारतमा हालसम्म ८५ लाख ६२ हजार ६ सय ४१ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म ३ लाख ७६ हजार ९ सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ६ सय ९६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख ३० हजार  ८ सय ८५ जना उपचारपछि निको भएका छन्।
नेपालमा पनि  दुई लाख २२ हजार २ सय ८८  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये दुइ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय  ३७ जनाको मृत्यु भएको छ।
    
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ४९ हजार ७ सय ६० पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ४ सय १६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ६४ हजार ६ सय ११ छ।
    
अफ्गानिस्तानमा संक्रमितको संख्या ४४ हजार ९ सय ८८ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ९५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ९ सय ७६ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ७ सय ५८ जना रहेको छ। मृत्यु हुनेको संख्या ४६ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ६ सय १५ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या २० हजार ५ सय ८  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ९० छ भने निको हुनेको संख्या १४ हजार ४ सय ९७ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३८२ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय ६० पुगेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts