भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघ्यो, एक लाख ३३ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

भारत, ८ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख नाघेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४४ हजार ४ सय ४ नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९१ लाख ४४ हजार ३ सय १२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप ५ सय १० जनाको मृत्यु कोरोनाका कारण भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३३ हजार ७ सय ७३ पुगेको छ ।

यस्तै हालसम्म भारतमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ८५ लाख ६२ हजार ६ सय ४१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ४ लाख ४३ हजारभन्दा बढी छ । 

भारतको दिल्ली, राजस्थान, उत्तर प्रदेश लगायतका राज्यमा कोरोना संक्रमितको दर बढ्दै गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts