विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नाघ्यो 

  सार्क राष्ट्रको अपडेट



Download our app to get more features

एजेन्सी, ७ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ८० लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ८० लाख  ३५ हजार २ सय ९६ जना संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या एक करोड २० लाख ७९ हजार २ सय ९६ पुगेको छ। त्यस्तै भारतमा ९० लाख ५० हजार ५ सय ९७, ब्राजिलमा ६० लाख २० हजार १ सय ६४ र रुसमा २० लाख ४७ हजार ५ सय ६३  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ७९ हजार ४ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ५५ हजार ८ सय ४,  ब्राजिलमा १ लाख ६८ हजार ९ सय ८९, मेक्सीकोमा एक लाख ८ सय २३, बेलायतमा ५४ हजार ७ सय २१, इटालीमा ४९ हजार २ सय ६१ जनाको मृत्यु भएको छ । 

विश्वभर तीन करोड ७१ लाख ६७ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन्। 

आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ३७ हजार १ सय ८९, अमेरिकामा ४५ लाख ३७ हजार १ सय ८९, रुसमा १५ लाख ६४ हजार ८ सय ९७ जना संक्रमणमुक्त भएका छन्।

 यस्तै, भारतमा संक्रमितको संख्या ९० लाख ५० हजार ५ सय ९७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३२ हजार ७ सय २६ पुगेको छ। भारतमा हालसम्म ८४ लाख ७८ हजार १ सय २४ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म ३ लाख ७१ हजार ५ सय ८ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार ६ सय ३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २८ हजार  ९ सय ३१ जना उपचारपछि निको भएका छन्।
    
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ४५ हजार २ सय ८१ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ३ सय ५० जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ६० हजार ३ सय ५२ छ।
    
अफ्गानिस्तानमा संक्रमितको संख्या ४४ हजार ५ सय ३ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ४ सय २२ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ५ सय ७८ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ५ सय ५९ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १९ हजार ७ सय ७१  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ८३ छ भने निको हुनेको संख्या १३ हजार ५ सय ९० रहेको छ।

भुटानमा संक्रमितको संख्या ३ सय ७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३ सय ५८ छ।

नेपालमा पनि  दुई लाख १८ हजार ६ सय ३९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ९३ हजार ३ सय २५ जना संक्रमणमुक्त भएका छन् भने एक हजार ३ सय  ५ जनाको मृत्यु भएको छ।


 

Last modified on 2020-11-22 10:51:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts