विश्वभर संक्रमितको संख्या ५ करोड ६८ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ५ मंसिर ।  विश्वभर कोरोना संक्रमण हुनेको संख्या ५ करोड ६८ लाख नाघेको छ।  शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ६८ लाख १७ हजार ६ सय ६७ जना संक्रमित भएको तथ्यांक रहेको छ। 

अमेरिकामा संक्रमितको संख्या एक करोड १७ लाख १० हजार ८४ पुगेको छ। त्यस्तै भारतमा ८९ लाख ५८ हजार ४ सय ८३, ब्राजिलमा ५९ लाख ८१ हजार ७ सय ६७ र रुसमा १९ लाख ९८ हजार ९ सय ६६  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

त्यस्तै पछिल्लो तथ्यांक अनुसार १३ लाख ५८ हजार ४ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा २ लाख ५२ हजार ४ सय ८४,  ब्राजिलमा १ लाख ६८ हजार ६१, मेक्सीकोमा  ९९ हजार ५ सय २८, बेलायतमा ५३ हजार ८ सय ७०, इटालीमा ४७ हजार ८ सय ७० जनाको मृत्यु भएको छ

विश्वभर तीन करोड ६४ लाख ५४ हजार ४ सय ४८ जना संक्रमणमुक्त भएका छन्। 

शुक्रबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५४ लाख ६ हजार ६६, अमेरिकामा ४४ लाख १० हजार ७ सय ९, रुसमा १५ लाख १४ हजार ९ सय ४५ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि  दुई लाख १५ हजार २०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने एक हजार २ सय  ७६ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ८९ लाख ५८ हजार ४ सय ८३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३१ हजार ५ सय ७८ पुगेको छ। भारतमा हालसम्म ८३ लाख ८३ हजार ६ सय २ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
    
पाकिस्तानमा हालसम्म ३ लाख ६५ हजार ९ सय २७ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार २ सय ४८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २६ हजार  ६ सय ७४ जना उपचारपछि निको भएका छन्।
    
बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ४१ हजार १ सय ५९ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार ३ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ५६ हजार ७ सय २२ छ।
    
अफ्गानिस्तानमा संक्रमितको संख्या ४४ हजार २ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ भने ३५ हजार ३ सय ५० जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ४ सय ५२ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ४ सय ७५ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या १८ हजार ८ सय ४१  जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ७३ छ भने निको हुनेको संख्या १२ हजार ९ सय ३ रहेको छ।

भुटानमा संक्रमितको संख्या ३७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५७ छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts