कोरोना विरुद्धको चारवटै खोप अन्तिम तयारीमा पुगेको चीनको दाबी



Download our app to get more features

एजेन्सी, ३ मंसिर । चीनले विकसित गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको एउटा खोपले मध्य चरणमा सफलता पाएको अनुसन्धानकर्ताले बताएका छन् ।

सिनोभ्याक बायोटेक नामको समूहले तयार पार्दै गरेको खोपले सात सय जना मानिसमा गरिएको परीक्षणका बेला तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न भएको बीबीसीले जनाएको छ । चीनमा अहिले विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही खोप मानिसहरूलाई लगाइ पनि सकिएको छ ।

अमेरिका तथा युरोपेली देशहरूले खोपमा सफलता पाएको खबरहरू सार्वजनिक भइरहँदा बाँकी विश्वले चीनबारे चासो राखिरहेको थियो । यही बेला चीनले पनि खोपमा पाएको सफलता सार्वजनिक गरेको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीन वटा खोपहरूको दशौँ हजारमा गरिएको परीक्षणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । 
चीनमा कम्तीमा तीन वटा खोप एउटा आपत्कालीन योजनाअनुसार अत्यावश्यक सेवाका कर्मचारीहरूलाई दिइसकिएको छ भने एउटा खोप गएको जुन महिनामा नै चिनियाँ सेनाका लागि प्रयोग गर्न अनुमति दिइएको थियो ।

एक वर्षअघि पहिलो पटक चीनमा देखा परेको कोरोना भाइरसले अहिलेसम्म विश्वका पाँच करोड ५९ लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा १३ लाख ४३ हजार नौ सयभन्दा धेरैको ज्यान गइसकेको छ । तीन करोड ८९ लाख ७७ हजारभन्दा धेरै सङ्क्रमित निको भएका छन् ।   
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts