कोरोनाविरुद्धको खोप विश्वभर पुर्याउन नयाँ निर्देशिका सार्वजनिक
एजेन्सी, ३ मंसिर । कोभिड-१९ विरुद्धको भ्याक्सिन सफलताको नजिक पुगिरहेका बेला आपू्र्ति व्यवस्था सहज बनाउन अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आयटा)ले नयाँ निर्देशिका सार्वजनिक गरेको छ।
कार्गो उडानका लागि विश्व उड्डयन क्षेत्र तयार रहेको जनाउँदै आयटाले उक्त निर्देशिका सार्वजनिक गरेको जनाएको छ। आयटाका अनुसार एयर कार्गोमार्फत भ्याक्सिन वितरण कार्य हालसम्मकै धेरै हुने अनुमान छ।
यो निर्देशिका अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ), इन्टरनेशनल फेडेरेसन अफ फ्रेट फरवार्डर्स एशोसिएसन(फियटा), इन्टरनेशनल फेडेरेसन अफ फर्मासिटिकल्स म्यानिफ्याक्चर्स एण्ड एशोसिएसन (आएएफपीएमए), प्यान अमेरिका हेल्थ अर्गनाइजेशन (पिएएचओ), युके सिभिल एभिएसन अथोरिटी, विश्व बैंक, वर्ल्ड कस्टम्स अर्गनाइजेसन (डब्लुसिओ), विश्व व्यापार संगठन लगायत अन्तर्राष्ट्रिय संस्थाको सहकार्यमा बनाइएको आयटाले जनाएको छ।
यो निर्देशिका समय अनुसार पुनरावलोकन गर्दै जाने जनाउँदै आयटाले जोइन्ट इन्फर्मेसन सेयरिङ फोरमु स्थापना गरेको छ।
अर्बौ संख्यामा वितरण गर्न लागिएको भ्याक्सिन वितरण गर्दा डीप फ्रोजनु भण्डारण गर्नुपर्ने हुन्छ। विश्वभर भ्याक्सिन सहज रूपमा वितरण गर्नु चुनौतीपूर्ण रहेको छ। त्यसैले भ्याक्सिन तयार हुनु अगावै हामी तयार हुन आवश्यक रहेको छ, संगठनका महानिर्देशक एवं सिइओ एलेक्जेन्ड्रे डी जुनेइकले भनेका छन्। विश्वमा रहेका जनसंख्यालाई एक डोज भ्याक्सिन पुर्याउन ८ हजार बोइङ(७५७ जहाज चाहिने आयटाले जनाएको छ।
विश्वभर भ्याक्सिन वितरणका लागि यस्तो छ चुनौती
भ्याक्सिनका लागि तापक्रम नियन्त्रण युक्त भण्डारण सुविधा उपलब्ध गराउन चुनौती रहेको संगठनले जनाएको छ। कोभिड(१९ का कारण ग्लोबल रुट कनेक्टिभिटी नै प्रभावित भएका कारण आउने दिनमा विश्वभर विभिन्न मुलुकले एयर कनेक्टिभिटी खुलाउन आवश्यक रहेको संगठनले जनाएको छ।
वितरण गरिने भ्याक्सिन ओसारपसार गर्दा डीप फ्रोजनु युक्त भण्डारणको आवश्यकता रहेका कारण विभिन्न मुलुकको सप्लाइ चेनमा अल्ट्रा कोल्ड चेनको सुविधा हुनुपर्ने संगठनले जनाएको छ। केही चिस्यानहरु हानिकारक र खतरामा वर्गीकरण भएका छन्। यसका लागि तापक्रम नियन्त्रण सुविधायुक्त उपकरणसँगै तालिम प्राप्त जनशक्तिको आवश्यकता रहेको छ। भ्याक्सिनको संवेदनशीलतालाई मध्यनजर गर्दै समय, तापक्रम सम्बन्धी जानकार जनशक्तिको आवश्यकता छ,ु संगठनले भनेको छ।
भ्याक्सिन वितरणका लागि विभिन्न मुलुकका सम्बन्धित निकायबाट अनुमति सँगै भण्डारण, भन्सार प्रक्रिया लगायत कुराहरु अनिवार्य छ। यसका लागि सम्बन्धित मुलुकले फास्ट ट्रयाकका लागि ओभरफ्लाइट र अवतरण अनुमति दिन आवश्यक रहेको संगठनले जनाएको छ।
अति महत्त्वपूर्ण सामाग्री भएका कारण सबै मुलुकले यसको सुरक्षाको जिम्मेवारी लिन आवश्यक छ। धेरै ठूलो परिमाणमा वितरण हुने यो सामाग्री ओसापसारका लागि पूर्वतयारी र योजना अनुरूप गर्न आवश्यक रहेको संगठनले जनाएको छ।