रोमानियामा कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, ३० कात्तिक । रोमानियाको एक अस्पतालमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ। कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको त्यो  अस्पतालमा आगलागी भएको हो । आगलागीका कारण अरु बिरामी गम्भीर घाइते भएका छन्।

उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो। बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन्। उनलाई आर्मीको विमान मार्फत राजधानी लगिएको छ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन्।

सो अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts