वैज्ञानिकले बनाए प्लाज्मा जेट स्प्रेः ३० सेकेण्डमा मार्छ कोरोना भाइरसलाई
एजेन्सी, २७ कात्तिक । कोरोना संक्रमणका कारण अहिले पुरै विश्व नै जुझिरहेको छ । कोरोना विरुद्धको खोप बनाउनका लागि विश्वका विभिन्न वैज्ञानिकहरु निरन्तर प्रयासरत रहेका छन् । यसैबीच वैज्ञानिकहरुले अध्ययनमा प्लाज्मा जेटले ३० सेकेन्डभन्दा पनि कम समयमा कोरोना भाइरसलाई मार्न सक्ने पत्ता लगाएका छन् ।
अध्ययनकर्ताले थ्री–डी प्रिन्टरले प्रेशर प्लाज्मा जेटको स्प्रे बनाइएको छ । जसको प्रयोग सफल रहेको अध्ययनपछि नयाँ आशा जगाएको छ कि जेट प्लाज्मा कोरोनाको विरुद्धको लडाईमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताएको छ ।
अमेरिकाको लस एन्जल्स स्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा गरिएको अध्ययनमा प्लाज्मा जेट धातु, छाला र प्लास्टिकको सतहमाथि रहेको कोरोना भाइरसलाई ३० सेकेण्डभन्दा पनि कम समयमा मार्न सक्न पत्ता लगाएको छ । अध्ययनमा कोरोना विरुद्धको लडाईंमा महत्वपूर्ण मानिएको छ ।
अध्ययनकर्ताले कोरोना भाइरसलाई मार्नका लागि थ्री–डी प्रिन्टर प्रेशर प्लाज्मा जेटको स्प्रे बनाएका छन् । जब यस स्प्रेलाई प्लास्टिक, धातु, कार्ड बोर्ड र लेदर (बास्केटबल, फुटबल र बेसबल) आदिका सतहमा प्रयोग गरियो त्यस समय सतहमा रहेको कोरोना भाइरसलाई ३० सेकेन्डभन्दा पनि कम समयमा मारिदिएको थियो । जसमा अधिकांश भाइरसलाई मार्नका लागि ३० सेकेन्डभन्दा पनि कम समय लिएको थियो ।
स्प्रलाई मुखमा लगाइने मास्कमा जब प्रयोग गरियो त्यस समय यस स्प्रेले मास्कमाथि समान रूपले काम गर्ने गरेको पनि पाइयो । ‘फिजिक्स अफ फ्लूड्स’ नामक जर्नलमा प्रकाशित यस अध्ययनमा भनिएको छ की, प्लाज्मा जेट चार वटा अवस्थामध्येको एक हो । स्थिर ग्यासलाई तताएर वा इलेक्ट्रोम्याग्नेटिक फिल्डको सम्पर्कमा ल्याएर यसलाई बनाउन सकिन्छ ।
जून महिनामा गरिएको अध्ययनमा यो स्प्रेको प्रयोग धातु, छाला र प्लास्टिकको सतहमा रहेको कोरोना भाइरस जस्ता विषाणुमाथि गरिएको थियो । कोल्ड प्लाज्माले ३० सेकन्डभन्दा पनि कम समयमा भाइरसलाई मारेको अध्ययनमा उल्लेख गरिएको छ ।