विश्वभर संक्रमितको संख्या ५ करोड ३ लाख नाघ्यो
एजेन्सी, २४ कात्तिक । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ३ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ३ लाख ९५ हजार १ सय ७४ जना संक्रमित भएको तथ्यांक रहेको छ।
अमेरिकामा संक्रमितको संख्या ९९ लाख ६८ हजार ३ सय २० पुगेको छ। त्यस्तै भारतमा ८५ लाख ५३ हजार ६ सय ५७, ब्राजिलमा ५६ लाख ६४ हजार १ सय १५ र रुसमा १७ लाख ६० हजार ४ सय २० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार १२ लाख ५६ हजार १ सय ७७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा २ लाख ३७ हजार ५ सय ५६, ब्राजिलमा १ लाख ६२ हजार ३ सय ९७, मेक्सीकोमा ९४ हजार ८ सय ८, बेलायतमा ४९ हजार १ सय ३४, इटालीमा ४१ हजार ३ सय ९४ जनाको मृत्यु भएको छ
विश्वभर तीन करोड ३० लाख ३२ हजार ५ सय २८ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५१ लाख ४७ हजार १ सय ७२, अमेरिकामा ३८ लाख ८१ हजार ४ सय ९१, रुसमा १३ लाख १५ हजार ९ सय २८ जना संक्रमणमुक्त भएका छन्।