युरोपमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या बढ्दै



Download our app to get more features

एजेन्सी, २३ कात्तिक । कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा युरोपमा मृत्यु हुनेको संख्या  बढेको छ। फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बढेको हो।

यी देशमा गत अप्रिल र मार्चमा पनि धेरै प्रभावित भएका थिए। फ्रान्समा शुक्रबार मात्र ८ सय २८ जनाको मृत्यु भयो। पछिल्लो साता त्यहाँ करीब तीन हजार दुई सयको मृत्यु भइसकेको छ। 
इटालीमा पनि दैनिक मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। त्यहाँ शुक्रबार ४ सय ४६ जनाको मृत्यु पुष्टि भएको थियो। बिहीबार पनि ४ सय २८ जनाको मृत्यु भएको थियो।

उता स्पेनमा शुक्रबार ३ सय ४७ र बिहीबार ३ सय ६८ जनाको मृत्यु भयो। बेलायतमा शुक्रबार ३ सय ५५ जनाको मृत्यु भएको थियो। स्पेनमा पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ। स्पेन र जर्मनमा दैनिक मृत्यु बढिरहेको छ। अन्य देशको तुलनामा जर्मनीमा भने मृत्युदर कम भएको पाईएको छ। 

यी देशमा गएको अप्रिलमा दैनिक एक हजार आसपासमा संक्रमितहरुको मृत्यु भएको थियो। मे महीनाबाट मृत्युदर घट्दै गएको थियो। जुनदेखि अक्टोबर दोस्रो सातासम्म दैनिक मृत्युदर दोहोरो अंकमा सीमित थियो। जुनदेखि सेप्टेम्बरसम्म दैनिक ३० भन्दा कम संक्रमितको मात्र मृत्यु भएको थियो।
संक्रमण दर बढेसँगै युरोपका अधिकांश देशले लकडाउन घोषणा गर्नुका साथै कतिपयले स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन्। पहिलो लहरमा संक्रमितको संख्या तुलनात्मक कम भेटिएका बेल्जियम र पोल्याण्डमा पनि दोस्रो लहरले बढी प्रभावित बनाएको छ। 

अहिलेसम्म विश्वमा चार करोड ९६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये १२ लाख ४८ हजार ५ सय ६५ जनाको मृत्यु भइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts