दिल्लीमा कोरोना संक्रमणको दर फेरि बढ्न थाल्यो, भारतमा संक्रमितको संख्या ८४ लाख नाघ्यो



Download our app to get more features

भारत, २१ कात्तिक । कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो केहि दिनदेखि भारतमा कोरोना भाइरसका कारण संक्रमित हुने दरमा तीव्र वृद्धि भएको छ ।

दिल्ली सरकारका अनुसार बढ्दो प्रदूषणका कारण कोरोना संक्रमितको केस र मृत्यु हुने दरमा वृद्धि हुन थालेको छ ।  

कोरोनाका कारण प्रभावित राज्यमध्येको एक दिल्लीमा पछिल्लो समय वायू प्रदूषणको स्तरमा पनि वृद्धि भएको छ । जसलाई ध्यानमा राखि दिल्ली सरकारले यस वर्ष तिहारमा पटखा नजलाउन पनि आग्रह गरेको छ ।

दिल्लीमा लगातार कोरोना संक्रमितको दर बढ्दै गएको र मृत्यु हुने दर पनि बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पछिल्लो २४ घन्टामा थप ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसअघि २७ जुनमा ६६ जनाको मृत्यु कोरोनाका कारण भएको थियो । त्यसपछि बिहीवार यति ठूलो संख्यामा दिल्लीमा कोरोनाका कारण मानिसको मृत्यु भएको बताइएको छ । 

यस्तै लगातार तेस्रो दिन दिल्लीमा ६ हजारभन्दा बढीका दरले नयाँ संक्रमित थपिएका छन् । हाल दिल्लीमा ३८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । दिल्लीमा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखि दिल्ली सरकारले सबै सरकारी अस्पतालमा फेरि कोरोनाका लागि बेड खालि गर्न निर्देशन दिएको छ ।
 
भारतमा हालसम्म कोरोना भाइरसका कारण ८४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने एक लाख २५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । 

कोरोनाका कारण भारतको सबैभन्दा बढी प्रभावित राज्यहरुमा तमिलनाडू, महाराष्ट्र, दिल्ली, राजस्थान, गुजरात लगायतका रहेका छन् । तर, अन्य राज्यको तुलनामा दिल्लीमा कोरोनाको जोमिलाई ध्यानमा राखि गरिएको लकडाउन छिट्टै खुकुलो बनाइएको थियो । जसले गर्दा मानिसहरुको ओहोर बढ्दा संक्रमणको दरमा पनि वृद्धि हुन थालेको बताइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts