भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघ्यो, ५ लाखभन्दा बढी सक्रिय संक्रमित
भारत, १८ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३८ हजार ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ८२ लाख ६७ हजार ६ सय २३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप ४ सय ९० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २३ हजार ९७ पुगेको छ ।
कोरोना संक्रमणका कारण वश्वकै दोस्रो मुलुक भारतमा ५ लाख ४१ हजार ४ सय ५ सक्रिय संक्रमित रहेका छन् भने ७६ लाख ३ हजारभन्दा बढी स्वस्थ भएका छन् ।
Last modified on 2020-11-03 14:56:39