अफगानिस्तानमामा ४० हजार बालबालिका नियमित खोपबाट वञ्चित



Download our app to get more features

एजेन्सी, १८ कात्तिक । अफगानिस्तानमा ४० हजार बालबालिका नियमित खोप सेवा लिनबाट वञ्चित भएका छन् ।

पाँच वर्षमुनिका झण्डै दुई लाख ६५ हजार बालबालिकालाई नियमित खोप दिनुपर्ने तर तालिवानी विद्रोहीको पकड रहेको क्षेत्रमा ४० हजार बालबालिका दादूरा लगायतका रोगविरुद्धको नियमित खोपबाट वञ्चित भएका सरकारको दाबी छ ।

वादखशान प्रान्तमा तालिवान समूहले लगाएको प्रतिबन्धका कारण सरकारी गतिविधि सञ्चालन हुन नसक्दा ती बालबालिका नियमित खोप लिनबाट वञ्चित भएका प्रान्तीय जनस्वास्थ्य निर्देशक नुर खवारीले जानकारी दिएकाछन् ।  उनका अनुसार तालिवान समूहको प्रभावक्षेत्रमा खोप कार्यक्रम प्रभावित भएको छ ।

सरकारले ४० हजार बालबालिकालाई घर घरमा पुगी खोप दिने अभियान थालेको थियो तर यमगन, रघुस्तान, दारा(ए(खुस्तक, जुर्म र वारजुजका केही क्षेत्रमा खोप कार्यक्रम प्रभावित हुँदै आएको छ । 
तालिवानका प्रवक्ता जाबिहुल्ला मुजाहिदले सरकारको दाबी आधारहीन रहेको र केही बालबालिकाका अभिभावक आफैँले खोप दिन अस्वीकार गरेको उल्लेख छ ।

अफगानिस्तानको सरकारले देशभरका ६१ लाख बालबालिकालाई पोलियो विरुद्धको खोप दिन गरी अभियान चलाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts