अक्सफोर्ड विश्व विद्यालयले विकास गरिरहेको कोरोना विरुद्धको खोप डिसेम्बरसम्म आउने



Download our app to get more features

बीबीसी, १३ कात्तिक । सीरम इन्स्टीच्यूट अफÞ इन्डिया (एसआईआई) ले अक्सफोर्ड विश्व विद्यालयले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप डिसेम्बरसम्म तयार भइसक्ने बताएको छ ।
 
बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको खोपको उत्पादनकालागि एस्ट्राजेनेका नामक औषधि कम्पनीले एसआईआईसँग सम्झौता गरेको छ । सीरम इन्स्टिच्यूटले बुधवार ChAdOx1 एनकोव–19 खोप डिसेम्बरसम्म तयार भइसक्ने बताएको छ । 

सीरम इन्स्टिच्यूट भारतमा यस खोपको लेट स्टेज ट्रायल गरिरहेको छ । इन्स्टिच्यूटका सीईओ अदार पूनावालाले १० करोड डोजको पहिलो ब्याज २०२१ को दोस्रो या तेस्रो तिमाहीसम्म उपलब्ध गराइनेछ ।

पूनावालाले भने, “डिसेम्बरसम्म हाम्रो परीक्षण सकिने र भारतमा जनवरीसम्म लञ्च गरिनेछ ।”

उनले खोपाको नतिजा बेलायतको क्लिनिकल परीक्षणको तथ्यांकमा निर्भर हुने र त्यो चाँडै पूरा हुने पनि बताए ।

समाचार संस्था पीटीआईका अनुसार भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले कोरोनाको दर अघिल्लो तीन महिनासम्म सतर्क रहनु आवश्यक हुन सक्नेमा जोड दिइएको छ । उनले मौसम र चाडवाडको बेला संक्रमणको दर बढ्न सक्ने पनि बताए ।

उनका अनुसार यसमा डाक्टर, फ्रन्टलाइन वर्कर र अन्य गम्भीर रोगसँग लडिरहेका पीडितहरु सहभागि हुनेछन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts