भारतमा कोरोना संक्रमणको दर घट्दै, २४ घन्टामा ४३ हजार संक्रमित थपिए
भारत, १२ कात्तिक । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमि आएको छ ।
लगातार ३ महिनासम्म झन्डै ८० देखि एक लाखसम्म भारतमा नयाँ संक्रमित थपिँदै गर्दा पछिल्लो २ दिनदेखि ५० हजारभन्दा कममा संक्रमण देखिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३ हजार ८ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९० हजार ३ सय ३२ पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २० हजार ५४ जनाको मृत्यु भइसकेको छ ।
भारतमा हाल ६ लाख १० हजार ८ सय ३ सक्रिय संक्रमित रहेका छन् भने ११ लाख ७१ हजारभन्दा बढी स्वस्थ भएका छन् ।