कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ३० असोज । कोरोना महामारीका कारण विश्वभर मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण पछिल्लो १० महिनामा मृत्यु हुनेको संख्या ११ लाख ४ हजार २ सय ५६ पुगेको छ ।

कोरोना महामारीका कारण एक लाखभन्दा बढी मृत्यु हुनेमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा मात्रै हालसम्म २ लाख २२ हजार ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

यस्तै कोरोना संक्रमणका कारण मृत्यु हुनेमा दोस्रो प्रभावित मुलुक ब्राजिलमा हालसम्म १ ला ५२ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ भने कोरोनाका कारण भारत तेस्रो मुलुक हो जहाँ एक लाखभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख १२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

विश्वभर हालसम्म कोरोनाका कारण ३ करोड ९२ लाख ५२ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९४ लाख २२ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts