फ्रान्समा एकै दिन ३० हजारभन्दा बढी संक्रमित थपिए
एजेन्सी, ३० असोज । फ्रान्समा कोरोना संक्रमण पुनः तीव्र रुपमा बढ्न थालेको छ। बिहीबार त्यहाँ ३० हजार ६ सय २१ संक्रमित थपिएका छन्। त्यसअघि बुधबार २२ हजार ५ सय ९१ संक्रमित थपिएका थिए।
संक्रमण बढ्न थालेपछि सरकारले शनिबारदेखि पेरिसहित ९ वटा सहरमा रात्रिकालीन कफ्र्यु लगाउने घोषणा गरिसकेको छ। विश्व स्वास्थ्य संगठनले संक्रमण नियन्त्रणका लाग कडा प्रतिबन्धहरु लगाउनुपर्ने बताएको छ।
फ्रान्समा हालसम्म संक्रमितको संख्या ८ लाख ५० हजार ९ सय ८७ छ भने ३३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ।
केही समयदेखि युरोपमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको छ। शनिबारदेखि बेलायतको लण्डनमा इण्डोर सामाजिक कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ भने लण्डन आसपासका क्षेत्रमा कोभिड अलर्ट जारी गरिएको छ।
फ्रान्स, इटाली, पोल्याण्ड र जर्मनीले बिहीबार ठूलो संख्यामा परीक्षण गरेका छन्। बिहीबार रुसमा २ सय ८६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।