भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दश हजार नाघ्यो



Download our app to get more features

एजेन्सी, २८ असोज । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दश हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको कारण भारतमा एक लाख १० हजार ५ सय ८६ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ७ सय ३० जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७२ लाख ३९ हजार ३ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ६३ हजार ५ सय ९ नयाँ संक्रमित भेटिएका हुन् । अहिलेसम्म ६३ लाख एक हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

भारत अमेरिकापछि कोरोनाबाट सबैभन्दा धेरै संक्रमित भेटिएको मुलुक हो । अमेरिकामा अहिलेसम्म ७८ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म दुई लाख १५ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

 
 

Last modified on 2020-10-14 11:48:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts