विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
एजेन्सी, २७ असोज । विश्वभर कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ ।
अहिलेसम्म विश्वका ३ कारोड ८० लाख ३१ हजार ६ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।गएको २४ घण्टामा विश्वभर २ लाख ७५ हजार २ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् ।
कुल संक्रमितको संख्या मध्ये २ करोड ८५ लाख ९२ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । यसैगरी ८३ लाख ५३ हजार भन्दा धैरैजनामा संक्रमण सक्रिय रहदा ६९ हजार भन्दा धेरै मानिसहरु गम्भिर अवस्थामा उपचार गराई रहेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८० लाख ३७ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ एकैदिन ४५ हजार ७ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, दोस्रो धेरै प्रभावित देश भारतमा ७१ लाख ७३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा ५४ हजार २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी तेस्रो धेरै प्रभावित रहेको ब्राजिलमा ५१ लाख ३ हजारभन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पछिल्लो २४ घण्टामा मात्रै यहाँ ८ हजार ४ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।