चीनले ९० लाख मानिसको कोरोना परीक्षण पाँच दिनमा गर्ने



Download our app to get more features

एजेन्सी, २६ असोज । चीनको सिङदाओ सहरका केही क्षेत्रमा कोरोना संक्रमण देखिएपछि ५ दिनभित्र सबै बासिन्दाको पीसीआर परीक्षण गरिने भएको छ।

कोरोनाका बिरामीको उपचार गरेको स्थानीय अस्पतालसँग जोडिएर संक्रमण फैलिएको देखिएपछि पूरै सहरका बासिन्दाको परीक्षण गरिन लागिएको ग्लोवल टाइम्सले जनाएको छ। 

९० लाख बासिन्दाको परीक्षण पाँच दिनभित्र गर्न लागिएको हो। चीनले गएको मे मा वुहान सहरका एक करोड १० लाख बासिन्दाको परीक्षण गरेको थियो।

वुहान सहरबाटै कोरोना संक्रमण सुरु भएको थियो। चीनमा अधिकांश रुपले संक्रमण नियन्त्रणमा आएको छ। विश्वका अरु क्षेत्रमा भने संक्रमणले महामारीको रुप लिएको छ।

सिङदाओ सहरमा थप ६ जनामा संक्रमण पुष्टि भएको स्थानीय अधिकारीले बताएका छन्। यस्तै अरु ६ जना लक्षणविहीन संक्रमितहरु पनि भेटिएका छन्।

ती सबै संक्रमितको सम्बन्ध स्थानीय अस्पतालसँग रहेको ग्लोबल टाइम्सले जनाएको छ। चीन सरकारले अति कम मात्रामा संक्रमण देखिए पनि सो क्षेत्रका सबै बासिन्दाको परीक्षण गर्ने रणनीति बनाएको छ ।

सिङदाओका अधिकारीले परीक्षणको काम सुरु भएको र तीन दिनभित्र पाँच जिल्लामा परीक्षण गरिसक्ने र पाँच दिनभित्र पूरै सहरको परीक्षण सक्ने बताएका छन्।

Last modified on 2020-10-12 14:17:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts