भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन



Download our app to get more features

भारत, २३ असोज । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका पासवानको विहीवार उपचारको क्रममा दिल्लीमा मृत्यु भएको छ । 

पासवानका छोरा एवं एलजेपीका राष्ट्रीय अध्यक्ष चिराग पासवानले ट्वीटमार्फत् यस विषयमा जानकारी दिएका छन् ।

केन्द्रीय मन्त्री पासवानको दिल्लीको एक अस्पतालमा लामो समयदेखि उपचार भइरहेको र केहिदिन पहिले मात्रै मुटुको शल्यक्रिया गरिएको थियो ।
 
बिहारबाट राज्यसभा सांसद र केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको हो ।

पासवानको अन्त्येष्ठि आज राजकीय सम्मानका साथ गरिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts