कोरोना विरुद्धको प्रभावकारी र सुरक्षित खोप यसै वर्षको अन्त्यसम्म आउनेः डब्लुएचओ



Download our app to get more features

एजेन्सी, २१ असार । कोरोना महामारी विरुद्ध लड्नका लागि चाहिने खोपलाई लिएर सबैको ध्यान खोपमाथि छ । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ । यसै क्रममा विश्व स्वास्थ्य संगठनले खोपलाई लिएर बयान सार्वजनिक गरेको छ । 

संगठनका प्रमुख डा टेड्रोस एड्हनोम घेब्रियेससले सुरक्षित र प्रभावकारी कोरोना विरुद्धको खोप यसै वर्षको अन्त्यसम्ममा तयार भइसक्ने बताएका छन् । उनले हाल भइरहेको विभिन्न परीक्षणले सन् २०२० को अन्त्यसम्ममा खोप आइसक्ने र समान वितरणका लागि पनि विश्वका विभिन्न मुलुकहरुसँग छलफल भइरहेको बताए ।

संगठनको कार्यकारी बोर्डको बैठकमा डा टेड्रोसले भने, ‘हामीलाई खोपको आवश्यकता छ र हामीलाई आशा छ की यस वर्षको अन्त्यसम्म हामीसँग कोरोना विरुद्धको खोप हुनेछ । हामी सबैलाई एक अर्काको आवश्यकता रहेकोले कोरोना भायरस विरुद्ध लड्नका लागि हामीले आफ्नै सबै शक्तिको प्रयोग गर्नुपर्छ ।’

विश्व स्वास्थ्य संगठनको अनुवाईमा बनिरहेको कोभ्याक्स ग्लोबल भ्याक्सिन फैसिलिटीमा ९ प्रायोगिक भ्याक्सिन अहिले पाइपलाइनमा छ । डा टेड्रोसका अनुसार विशेषगरि जुन भ्याक्सिन र अन्य प्रोडक्ट पाइपलाइनमा छ, ती मध्ये सबैभन्दा महत्त्वपूर्ण खोपको समाज वितरणलाई लिएर राजनीतिक प्रतिबद्धता हो ।

गाभीको बोर्डले पहिले नै ९१ कम र मध्यम आय भएको देशका लागि खोपको डेलिभरि, प्राविधिक सहायता र कोल्ड चेन उपकरणका लागि १५ करोडको अनुमति दिइ सकेको छ ।  यूरोप ड्रग रेगुलेटर फाइजर इन्क र बायोएनटेकले हालै मात्रै आफ्नो प्रायोगिक भ्याक्सिनको शुरूवाती समीक्षा शुरू गरेको छ । यसले मेडिसीन एजेन्सीलाई खोपले परीक्षणमा गरिरहेको कामको बारेमा जान्नमा मद्दत हुनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts