अस्पतालबाट डिस्चार्ज भएर ह्वाइट हाउस फर्के अमेरिकी राष्ट्रपति ट्रम्प
एजेन्सी, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट व्हाइट हाउस फर्केका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनी सोमवार ह्वाइट हाउस फर्केका हुन् ।
वाल्टर रीड मेडिकल सेन्टरबाट डिस्चार्ज भएर व्हाइट हाउस फर्केको समाचार संस्था न्यूयोर्क टाइम्सले लेखेको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना भएका उनी संक्रमणमुक्त भने भएका छैनन । ह्वाइट हाउसमा फर्केर आएपनि उनी आइसोलेसनमा बस्नेछन् ।
ह्वाइट हाउस पुगेपछि उनले पत्रकारलाई पनि सम्बोधन गरेका थिए । उनले कोरोनालाई सामान्य नबुझ्न र सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।
उच्च ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएका राट्रपति ट्रम्पको स्वास्थ्य हाल सामान्य रहेको र अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएपछि हाल होम आइसोलेसनमा बस्नेछन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफू स्वस्थ रहेको र चाँडै चुनावी क्याम्पियनमा लाग्ने बताए ।