भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, ६४ लाखभन्दा बढी संक्रमित
भारत, १७ असोज । भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारत पछिल्लो २४ घन्टामा एक हजार ६९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८ सय ४२ पुगेको छ ।
अमेरिका र ब्राजिलपछि भारत तेस्रो मुलुक हो जहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाखा नाघेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा भारतमा ७९ हजार ४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण भारत विश्वकै दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म ६४ लाख ७३ हजार ५ सय ४५ जना संक्रमित भइसकेका छन् ।
हाल भारतमा ९ लाख ४४ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ५४ लाख २७ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् ।
भारतको सबैभन्दा बढी प्रभावित राज्यहरुमा महाराष्ट्र, दिल्ली, गुजरात लगायतका रहेका छन् ।