भारतमा २४ घण्टामा ८६ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए
एजेन्सी, १५ असोज । भारतमा २४ घण्टामा ८६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। ४ घण्टामा ८६ हजार ८ सय २१ संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै भारतमा संक्रमितको संख्या ६३ लाख १२ हजार ५ सय ८५ पुगेको छ। यस्तै, २४ घण्टामा १ हजार १ सय १८ संक्रमितको मृत्यु भएको छ। भारतमा हालसम्म ९८ हजार ६ सय ७८ जनाको मृत्यु भइसकेको छ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ४० हजार ७ सय ५ छ भने ५२ लाख ७३ हजार २ सय २ जनाको मृत्यु भइसकेको छ।