ब्लू क्रस अस्पतालकी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा हाडा सरकारबाट विभूषित



Download our app to get more features

काठमाडौं, १३ असोज । ब्लू क्रम अस्पतालकी वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा रजनी हाडालाई सरकारले विभूषित गरेको छ ।

विगत ३ दशकभन्दा बढी समयदेखि काम गर्दै आएकी डा हाडाको कामको उचित मूल्याङ्कन गर्दै राष्ट्रपतिबाट विभूषित गरिएको हो ।
 
प्रसृति गृहबाट आफ्नो चिकित्सक्रिय पेशा सुरु गरेकी डा हाडा मुलुककै सबैभन्दा बुढो वीर अस्पतालमा आवद्ध भई स्वास्थ्य सेवा हालसम्म प्रदान गर्नु भएको डा. थप स्वास्थ्य सेवा प्रदान गर्न आंशिक रुपमा त्रिपुरेश्वर स्थित ५० शय्याको जनरल अस्पताल ब्लू क्रस हस्पिटलमा समेत डाईलासिस् विभागको प्रमुख नेफ्रोलोजिष्टको रुपमा आबद्ध छिन् । 

यस वर्षको संविधान दिवसको उपलक्ष्यमा ७७ जना स्वास्थ्यकमीहरुलाई राष्ट्रपतिबाट स–सम्मान विभूषित गर्ने निर्णय बमोजिम डा. हाडालाई समेत सुप्रबल जनसेवा श्री तेस्रो पदकबाट विभूषित गर्ने निर्णय गरिएको हो ।

सरकारबाट सहि मूल्याङ्कन गरी डा. हाडालाई विभूषित गरिएकोमा ब्लू क्रस हस्पिटल कार्याकारी व्यवस्थापन समिति तथा सम्पूर्ण ब्लू क्रस परिवारले सरकारलाई धन्यवाद ज्ञापन गर्दै डा.हाडालाई बधाइ दिएको छ । 

Last modified on 2020-09-29 17:01:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts