कान्तिपुर डेन्टलले ३ वर्षे डेन्टल हाइजिन र डिप्लोमा इन फार्मेसीमा भर्ना खुलायो



Download our app to get more features

काठमाडौं, ६ असोज । कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ हस्पिटलले डिप्लोमा इन फार्मेसी र डेन्टल हाइजिनमा भर्ना खुलाएको छ ।

कलेजले सूचना जारी गर्दै डिप्लोमा इन फार्मेसी ३ वर्षे र सर्टिफिकेट इन डेन्टल साईन्स (डेन्टल हाइजिन) ३ वर्षे कार्यक्रमका लागि भर्ना खुलाएको हो ।

सीटिइभीटिबाट मान्यता प्राप्त कलेजले खोलाएको कार्यक्रमका लागि एसएलसी÷एसइइ उत्तिर्ण गरेको र विज्ञान, गणित, अंग्रेजी विषयमा ‘सी’ ग्रेड ल्याएको तथा कुल २ दशमलव शून्य जीपीए हुनेहरु आवेदन दिन सक्नेछन् ।

आवेदन भर्ने मिति असोज १५ गतेसम्मका लागि तोकिएको छ ।
 

Last modified on 2020-09-22 08:02:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts