कोरोना भाइरस खतरनाक रहेको जानकारी हुँदाहुँदै ट्रम्ले झूठो बोलेको एक किताबको दावी



Download our app to get more features

बीबीसी, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस फ्लूको तुलनामा बढी खतरनाक रहेको जानकारी हुँदा हुँदै महामारीको प्रकोपलाई कम भनेर बताएको दावी गरिएको छ ।

अमेरिकाबाट प्रकाशित हुने एक नयाँ किताबमा यो दावी गरिएको छ ।

किताबका लेखक पत्रकार बब वुडवर्डले २०२० को डिसेम्बरदेखि जुलाईसम्म १८ पटकसम्म अन्तर्वाताको क्रममा उनले कोरोना महामारीको विषयमा गलत तथ्यांक दिँदै बयान सार्वजनिक गरेको उल्लेख गरेका छन् ।

किताबमा ट्रम्पको बयानलाई आधार बनाउँदै भनिएको छ, 'अमेरिकामा कोरोनाबाट मृत्यु हुनु अगावै यो रोग खतरनाक रोग रहेको बताएका थिए ।'
 
किताबमाथि प्रतिक्रिया जनाउँदै ट्रम्पले भने, 'कोरोना महामारीसँग सम्बन्धीत वास्तविक जानकारी दिएर मानिसलाई झन् बढी त्रसित बनाउनु उचित थिएन । त्यसैले मैले सँधै कोरोना महामारीसँग सम्बन्धी जानकारीलाई सार्वजनिक गरिन् ।'

कोरोना महामारीका कारण अमेरिकामा हालसम्म ६३ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने एक लाख ९१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

'रेज' नामक यो किताब सेप्टेम्बर १५ मा आधिकारिक रुपमा सार्वजनिक गरिनेछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts