अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना खोपको परीक्षण रोकियो
एजेन्सी, २४ भदौ । कोरोना भाइरस विरुद्धको खोप विकास गरेको अक्सफोर्ड विश्व विद्यालयले आफ्नो परीक्षण स्थगित गरेको छ ।
तेस्रो चरणको खोपको मानव परीक्षणको क्रममा एक जना बिरामी भएपछि एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको मानव परीक्षण स्थगित गर्नु परेको बताइएको छ ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपमाथि विश्वकै ध्यान छ ।
हाल विश्वभार एक दर्जनभन्दा बढी स्थानमा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण भइरहेको छ । तर, ती मध्ये अक्सफोर्ड विश्वविद्यालयको खोप सबैभन्दा अगाडी रहेको छ ।
यस खोपको तेस्रो चरणको परीक्षण भइरहेको छ र बजारमा पनि सबैभन्दा पहिले आउने आशा गरिएको छ ।
कुनैपनि खोपको तेस्रो चरणको परीक्षणमा कम्तिमा एक हजार मानिसलाई सहभागि गराइन्छ । तर, अक्सफोर्डको खोपको परीक्षणमा ३० हजार मानिसहरु सहभागि भएका छन् ।
बीबीसीका अनुसार अक्सफोर्डले विकास गरेको खोपको परीक्षण तत्काल विश्वभर भइरहेको परीक्षणलाई स्थगित गरिएको छ । अब स्वतन्त्र जाँच हुन्छ, जसमा सुरक्षा मापदण्डको समिक्षा गरिनेछ त्यसपछि परीक्षण दोहोर्याएर सुरु हुन्छ ।
यो दोस्रो पटक हो जब अक्सफोर्डको कोरोना विरुद्धको खोपको परीक्षण स्थगित गरिएको छ । यसलाई खोप परीक्षणको नियमित तालिका अन्तर्गत लिने गरिन्छ ।