रुसमा बनेको कोरोना विरुद्धको खोप भारतमा पनि परीक्षण हुने
एजेन्सी, २३ भदौ । रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका केही देशमा पनि परीक्षण हुने भएको छ ।
स्पुनिक पाँच नाम दिइएको यो खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् ।
रुसी लगानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको बताएकाहुन ।
यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको उनले बताए ।
यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने छ । कोषले गएको अगस्ट ११ तारिखमा यो खोप विकास गरेकोे घोषणा गरेको थियो ।
Last modified on 2020-09-08 11:41:05