कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक ब्राजिलमा संक्रमितको संख्या ४० लाख नाघ्यो



Download our app to get more features

ब्राजिल, १९ भदौ । कोरोना महामारीका कारण दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिलमा कोरोना संक्रमितको संख्या ४० हजार नाघेको छ ।
 
पछिल्लो २४ घन्टामा ४३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४० लाख ६१ हजार ६ सय नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण ब्राजिलमा ८ सय ३४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २४ हजार ६ सय नाघेको हो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको दरमा वृद्धि हुने क्रम अझै जारी रहेकाले सबैलाई स्वास्थ्य सावधानी अपनाउन भनेको छ ।

अमेरिकापछि ब्राजिलामा सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित हुनेपनि धेरै ब्राजिलमै छन् । तर, भारतमा बढ्दो संक्रमणको दर हेर्दा भारत चाँडै नै संक्रमितको हिसाबले दोस्रो स्थानमा उक्निले सम्भावना छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts