भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६६ हजारभन्दा बढी



Download our app to get more features

भारत, १७ भदौ । भारतमा लगातार चौथो दिन ७० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा भारतमा ७८ हजार ३ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३७ लाख ६९ हजार ५ सय २३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा एक हजार ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६ हजार ४ सय ६० पुगेको छ । 

कोरोना महामारीका कारण विश्वकै तेस्रो सबैभन्दा बढी प्रभावित मुलुक भारतमा हालसम्म २९ लाखभन्दा बढी मानिसहरु स्वस्थ भएका छन् । कोरोना संक्रमणका कारण भारतको महाराष्ट्र, दिल्ली लगायतका राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । 

यसैबीच, भारतको गोवा राज्यका मुख्यमन्त्री डा प्रमोद सावन्त कोरोना भाइरस संक्रमित भएका छन् । 

उनले आफ्नो सामाजीक सञ्जाल ट्वीटमार्फत् आफू कोरोना संक्रमित भएको बताएका छन् । 
 
ट्वीट गर्दै उनले लक्षण नदेखिएपछि पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको र हाल आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।

यसअघि भारतको मध्यप्रदेश र झारखण्डका मुख्यमन्त्री र क्याबिनेट मन्त्रीहरुमा पनि कोरोना संक्रमण देखिएको थियो । हाल सबैजना स्वस्थ भइसकेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts