भारतले कोरोनाविरुद्ध बनाएको खोप दोस्रो चरणको ‘ह्युमन ट्रायल’
एजेन्सी, १५ भदौ । कोरोनाविरुद्ध भारतले बनाएको खोप कोभ्याक्सिनको दोस्रो चरण परीक्षण (ह्युमन ट्रायल) गर्ने तयारी गरिएको छ ।
न्युज एजेन्सी पीटआईका अनुसार इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (आईएमएस) र एसयूएम हस्पिटलका खोप परीक्षण प्रमुख अन्वेषक डा. ईं वेन्काट रावले यो जानकारी दिएका हुन् ।
उनले भने, ‘ट्रायलको पहिलो चरण पनि जारी छ । चाँडै दोस्रो चरण पनि सुरु गर्ने योजना छ ।’
यस क्रममा उनले पहिलो चरणको परीक्षणमा खोपका कुनै नकारात्मक प्रभाव (साइडइफेक्ट्स) नदेखिएको पनि उनले जानकारी दिए ।
यो खोप हैदराबादस्थित भारत बायोटेक कम्पनीले विकास गरेको बिबिसी हिन्दीले जनाएको छ ।