कोरोना संक्रमण पुष्टि भएका भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन



Download our app to get more features

भारत, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । 

दिल्लीस्थित सैनिक अस्पतालमा भर्ना भएका उनको सोमवार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन् ।

फोक्सोमा संक्रमणले गम्भीर असर पारेको र उनलाई सेप्टिक सक भएपछि कोमा र भेन्टिलेरमा उपचाररत मुखर्जीको सोमवार दिउँसो १२ः१३ मा निधन भएको अभिजित मुखर्जीले ट्वीट गरेर जानकारी दिएका छन् ।
 
सोमवार मात्रै आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले मुखर्जीको स्वास्थ्य गम्भीर बन्दै गएको र फोक्सोमा संक्रमणका कारण सेप्टिक सक भएको बताएको थियो । 

गत १० अगस्टमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका पूर्व राष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको हो ।

भारतमा उच्च पदस्थ व्यक्तिको कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको छ । भारत अहिले कोरोना संक्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो । जहाँ दिनकै ५० हजारभन्दा बढीको दरले कोरोना संक्रमित थपिँदै गएका छन् ।

Last modified on 2020-08-31 19:13:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts