कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६१ लाख नाघ्यो



Download our app to get more features

बीबीसी, १५ भदौ । अमेरिकामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६१ लाख नाघेको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना महामारीका कारण विश्वकै सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ६१ लाख ७३ हजार २ सय ३६ पुगेको छ ।

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ६१ लाख नाघेसँगै अमेरिकाको मध्यपूर्व क्षेत्रमा सङ्क्रमणको दरमा तीव्रता आएको छ ।
 
आयोवा, नर्थ डकोटा, साउथ डकोटा र मिनिसोटामा कोरोना सङ्क्रमणको दरमा वृद्धि भएको बीबीसीले लेखेको छ । यस्तै मोन्टाना क्षेत्रमा कोरोना सङ्क्रमितहरु अस्पताल भर्ना हुने दरमापनि वृद्धि आएको जनाइएको छ ।
 
समग्रमा अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितहरु अस्पताल भर्ना हुने दरमा कमी आएपनि मध्यपूर्व क्षेत्रमा अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्न थालेको र अमेरिकाको नयाँ कोरोनाको हटस्पट बनेको छ ।
 
समाचार संस्था रयटर्सका अनुसार, आयोवामा काउन्टीजमा विश्वविद्यालय र कलेजमा कक्षा सञ्चालन गर्दा विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । 

यस्तै अमेरिकामा हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ८७ हजार २ सय २४ पुगेको छ ।

अमेरिकी वैज्ञानिकहरुले अमेरिकामा २ करोड मानिस कोरोनाको चपेटमा आउन सक्ने यसअघि नै चेतावनी दिएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts