भारतमा कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, ६३ हजारभन्दा बढीको मृत्यु
भारत, १४ भदौ । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३५ लाख नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७८ हजार ७ सय ६१ जना नयाँ संक्रमित फेला परेका छन् । भारतमा भेटिएका संक्रमितको संख्या विश्वकै सबैभन्दा धेरै रहेको बताइएको छ ।
भारतमा लगातार ३६ दिनदेखि ५० हजारभन्दा बढीका दरले संक्रमित थपिँदै गएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३५ लाख ४६ हजार ७ सय ५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ९ सय ४८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमणका कारण मृत्यु हुनेको संख्या ६३ हजार ६ सय ९० पुगेको छ ।
भारत कोरोना संक्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक हो । तर, पछिल्लो समय भारतमा बढ्दो संक्रमणको दरलाई हेर्दा भारत अबको केही दिनमै दोस्रो संक्रमित मुलुक बन्न बेर छैन । अहिले अमेरिका विश्वकै पहिलो कोरोना महामारीका कारण प्रभावित मुलुक हो भने ब्राजिल दोस्रो प्रभावित मुलुक हो ।
अमेरिकामा हालसम्म ६१ लाख ३९ हजार ४ सय ६६ जना संक्रमित भएका छन् भने १ लाख ८६ हजार ८ सय ५७ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३८ लाख ४६ हजार ९ सय ६५ पुगेको छ भने १ लाख २० हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।