कोरोना विरुद्धको खोप खरिदका लागि दक्षिण अमेरिकाका आठ मुलुकबीच सहमति



Download our app to get more features

बीबीसी, १२ भदौ । कोरोना भाइरस विरुद्धको खोपका लागि दक्षिण अमेरिकाका आठ मुलुकबीच सहमति भएको छ । 

चिलीका विदेश मन्त्री आन्द्रे एलामन्डले कोरोना भाइरस विरुद्धको खोप सम्बन्धी जानकारी र खोप पाउनका लागि दक्षिण अमेरिका देशहरुबीच सहमति बनेको बताए ।

उनले खोपका लागि समन्वय गर्दै सँगै काम गर्नाले विभिन्न फाइदा हुन सक्ने भएकाले ८ दक्षिण अमेरिकी मुलुकले सहमति गरेको बताए ।

समूहमा चिली, अर्जेन्टीना, ब्राजील, कोलम्बिया, पराग्वे, पेरू, इक्वाडोर र गुयाना सहभागि छन् ।

आठ वटै देशका राष्ट्र प्रमुख र विदेश मन्त्रीबीच भएको बैठकमा आन्द्रेले भने “खोपका लागि एक साथ प्रयास गर्नाले आवश्यक संख्यामा र कम मूल्यमा खरिद गर्न सकिन्छ । जसले सबै मुलुकका नागरिकले समयमै र सस्तो मूल्यमा खोप पाउन सक्छन् ।’

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर कोरोना विरुद्धको १ सय ५० वटा खोप विकास हुँदैछ । जसमा २५ खोपको मानव परीक्षण सुरु भइसकेको छ ।

जनसन एन्ड जनसन, सिनोभेक र एस्ट्राजेनिकाको क्लिनिकल परीक्षण ल्याटिन अमेरिकमा सुरु भइसकेको छ ।

एलामन्डका अनुसार बेलायती औषधि उद्योगले एस्ट्राजेनिकाको कोरोना विरुद्धको खोपको उत्पादन अर्जेन्टीना, मेक्सिको वा ब्राजीलमा गर्ने तयारी हुँदैछ । 
 

Last modified on 2020-08-28 09:56:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts