भारतमा कोरोना संक्रमितको संख्या ३२ लाखभन्दा बढी



Download our app to get more features

भारत, १० भदौ । भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

भारतमा लगातार २७ औं दिन ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३५ हजार ७ सय २५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा एक हजार ५९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ हजार ६ सय ३२ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts