प्लाज्मा थेरापी उपचार विधिको बारेमा बढाइचढाई बोलेपछि एफडीएका कमिश्नरले मागे माफि



Download our app to get more features

बीबीसी, १० भदौ । अमेरिकाका डाक्टरले कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको फाइदाबारे बढाइचढाई बोलेपछि माफि मागेका छन् ।

अमेरिकाको फÞूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) का कमिश्नर स्टीफन ह्यानले कोरोना भाइरसका कारण संक्रमित व्यक्तिको उपचारका लागि प्लाज्मा थेरापी विधि धेरै नै उपयोगी हुने विषयमा बढाइचढाई प्रतिक्रिया दिएपछि माफि मागेका छन् । 

एफडीएले सोमवार मात्रै कोरोना संक्रमितको उपचारका लागि अनुमति दिएको थियो । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले प्लाज्मा थेरापी निकै उपयोगी र फाइदाजनक भएको र यसले संक्रमितको ज्यान जोगाउने काम गर्ने बयान दिएका थिए । एफडीएका शिर्ष डाक्टर स्टीफनले उनको सबै कुरामा सहमति जनाउँदा त्यसको विरोध भएपछि उनले माफि मागेका हुन् ।

एफडीएका अनुसार प्लाज्मा थेरापी विधिबाट गरिने उपचारले कोरोना संक्रमितको ३५ प्रतिशतसम्म मृत्युदर कम हुने र यो धेरै नै फाइदाजनक रहेको छ । एफडीएको यस तथ्यांकप्रति अन्य वैज्ञानिकहरुले भने प्रश्न चिन्ह लगाएका थिए ।

स्टीफन राजनीति गर्नमा लागि परेको भन्दै यसअघि पनि आलोचित भइसकेका छन् । उनीमाथि ट्रम्प प्रशासनको समर्थन गर्ने गरेको आरोप पनि लगाइएको छ । ट्रम्प प्रशासनले आगामी चुनावका लागि कोरोना संक्रमणको दरलाई नियन्त्रण गर्न उपयोगी हुने भन्दै प्लाज्मा थेरापीलाई आपतकालिन अनुमति दिएको हो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts