कोरोना भाइरस विरुद्धको खोपलाई लिएर हुन्छ राजनीति !
बीबीसी, ९ भदौ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण पुरै विश्व नै प्रभावित बनेको छ । यो अवस्थामा हालसम्म पनि कोरोन भाइरस विरुद्धको खोप वा कुनैपनि प्रकारको औषधि पत्ता लागिसकेको छैन । तर, कोरोना भाइरस विरुद्धको खोपको सम्बन्ध विज्ञानसँग हुँदाहुँदै यो राजनीतिबाट अछुतो छैन ।
विश्वका विभिन्न मुलुक कोरोना भाइरस विरुद्धको खोप बनाउनमा जुटिरहेको छ र यसलाई लिएर प्रत्येकदिन विभिन्न चर्चा परिचर्चा भइरहेको हुन्छ ।
न्यूयोर्क टाइम्सका अनुसार ट्रम्प प्रशासनले नोभेम्बरमा हुने राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै बेलायतले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोपलाई आपतकालिन अनुमति दिनका लागि विचार गरिरहेको छ । बेलायतले विकास गरेको कोरोना विरुद्धको खोपमाथि फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेका र अक्सफोर्डले मिलेर काम गरिरहेको छ ।
एक्सियोसमा प्रकाशित भएको एक अध्ययन अनुसार अमेरिकाको एक नयाँ सर्वेमा ६६ प्रतिशत अमेरिकी चाहन्छन् की अमेरिकामा बनेको कोराना भाइरस विरुद्धको खोप संसारका अनय नागरिकसँग पनि बाँड्नु पर्छ ।
यस्तै चीनमा जुन कोरोना भाइरस विरुद्धको खोपमाथि काम गरिरहेको छ त्यो मुलुकका केही मुख्य कर्मचारीमाथि पनि परीक्षण गरिएको छ । चीनको खोप परीक्षणले सबैजना भने खुशी छैनन् । पपुआ न्यू गिनीले पछिल्लो साता एक सय १० जना नागरिकलाई रोक लगाएको छ ।
यसअघि रुसले दावी गरेको विश्वकै पहिलो खोपमाथि पनि विभिन्न टिका टिप्पणी भएको थियो । विश्वकै सबैभन्दा पहिलो खोप बनाएको दावी गरेपछि रुसको खोपमाथि विश्वका विभिन्न वैज्ञानिकले आशंका जताएका थिए ।