दुई वर्षभित्रमा कोरोना नियन्त्रणमा आउँछ : डब्लूएचओ



Download our app to get more features


एजेन्सी, ६ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अबको दुई वर्षभित्रमा कोरोना भाइरस नियन्त्रणमा आउन सक्ने बताएको  छ । 

संगठनका महानिर्देशक डाक्टर टेड्रोस एडनाम गेब्रेयेससका अनुसार सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको तुलनामा कोरोना नियन्त्रणमा आउन सक्ने देखिएको हो । अहिलेको उपचार पद्धतिले कोरोनालाई दुई वर्षभित्रमा नियन्त्रणमा लिन सक्ने उनले भनेकाछन् । 

स्पेनिस फ्लू पनि दुई वर्षमा नियन्त्रणमा आएको भन्दै उनले अबको दुई वर्षमा कोरोनालाई पनि नियन्त्रण गर्न सकिने एउटा आशा देखिएको  बताएकाहुन  । उनले एक अर्कोको सम्पर्कमा आएकै कारण विश्वमा कोरोना फैलिएको बताए ।   स्पेनिस फ्लूका कारण सन् १९१८ देखि १९२० सम्ममा कम्तीमा पाँच करोड मानिसको ज्यान गएको थियो । 

कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म झण्डै ८ लाख मानिसको ज्यान गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts