भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो, ५३ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

भारत, ४ भदौ । भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६७ हजार ६ सय ५२ नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २८ लाख ३६ हजार ९ सय २५ पुगेको छ । 

यस्तै पछिल्लो २५ घन्टामा ९ सय ७७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ हजार ९ सय ९४ पुगेको छ ।

भारत विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित मुलुक हो भने मृत्यु हुनेमा चौथो मुलुक हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts