सन् २०२० को अन्त्यसम्म कोरोना विरुद्धको खोप आइसक्ने चीनको दावी

बीबीसी, ३ भदौ । भारतको झारखण्ड राज्यका स्वास्थ्य मन्त्री बन्ना गुप्ता कोरोना संक्रमित भएका छन् । मंगलवार साँझ आएको उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि उनी मंगलवार भएको मन्त्रीपरिषद बैठकमा समेत सहभागि भएका थिए । बैठकमा मुख्यमन्त्री हेमन्त सोरेनसहित अन्य मन्त्रीहरु पनि सहभागि थिए । स्वास्थ्य मन्त्री गुप्ता झारखण्ड सरकारको दोस्रो मन्त्री हुन् जसमा कोरोना संक्रमण देखिएको छ । यसअघि खानेपानी तथा स्वच्छता मन्त्री मिथिलेश ठाकुर पनि कोरोना संक्रमित भएका थिए । हाल उनी स्वस्थ भएर घर फर्किसकेका छन् । यस्तै, राज्यका पूर्व उपमुख्यमन्त्री सुदेश महतोमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झारखण्डमा हालसम्म कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ३३ पुगिसकेको छ भने २ सय ६५ जनाको मृत्यु भइसकेको छ । भारत विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित मुलुक हो ।
चीनमा यसै वर्षको अन्त्यसम्म कोरोना विरुद्धको खोप आइसक्ने
चीनको औषधि उत्पादक कम्पनी सिनोफार्मले यसै वर्षको अन्तयसम्म कोरोना भाइरस विरुद्धको खोप बनाइसक्ने घोषणा गरेको छ । सिनोफार्मका अध्यक्ष लिउ जिङ्गझेनका अनुसार कोरोना भाइरस विरुद्धको खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई) मा जारी रहेको र यसको नतिजा डिसेम्बरसम्म आइसक्नेछ ।
खोपको परीक्षणका लागि यो खोपको डोज आफै लगाएको पनि लिउले बताए । उनले ग्लोबल टाइम्स दिएको जानकारी अनुसार अहिलेसम्म खोपको कुनैपनि साइड इफेक्ट भएको छैन । चीनको बेइजिङ्ग र वुहान शहरमा रहेको कम्पनीले एक वर्षमा १० करोड २ लाखसम्म खोप उत्पादन गर्ने गर्न सक्ने भन्दै लिउले यस खोपको दुई डोजको मूल्य एक हजार युआन अर्थात् १० हजार ७ सय रुपैयाँ पर्ने बताए ।
हाल विश्वभर झन्डै २ सय कोरोना विरुद्धको खोपमाथि परीक्षण जारी छ र २० भन्दा बढी खोप मानव परीक्षणका लागि तयार भइसकेको छ ।