कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने, ट्रम्पको विश्वास

एजेन्सी,३१ साउन । साउन ३१ । कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेकाहुन ।
‘रुसले बनाएको भनिएको खोपकाबारेमा धेरै थाहा नभए पनि प्रभावकारी हुन्छ र त्यसले काम गर्छ भन्ने विश्वास छ’–उनले भने ।
कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र हुनेपनि उनको भनाइ छ ।
कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ । यो दर्ता भइसकेको छ । आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनले बताए ।
अमेरिकमा केही वैज्ञानिकहरुले तीनओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको छ ।
अहिलेसम्म औषधिको औपचारिक प्रयोग गर्न नपाएर विश्वभरि महामारीको रुपमा फैलिएको कोरानोभाइरसविरुद्ध विश्वभरि धेरै वैज्ञानिकहरुले औषधि बनाइरहेको दाबी गरेका छन् ।
तर, ती सबै परीक्षणकाक्रममा रहेका छन् भने अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कसैलाई पनि कोरोनाको औषधिको मान्यता दिएको छैन ।