ब्लू क्रस हस्पिटलमा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १५ साउन । ब्लू क्रस हस्पिटलमा पहिलो पटक डे. केयर हिस्टेरेक्टोमी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । 


डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यकृया सफलताको साथ सम्पन्न गरेकी हुन् ।

डे केएर हिस्टेरेक्टोमी प्रविधिबाट शल्यकृया गर्दा बिरामी बिहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यकृया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै बचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंगबमले बताइन् ।

विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भईरहे पनि नेपालको हकमा भने डा. रंगिना लाईकंगबमले नै पहिलो पटक सफल शल्यकृया गरेकी हुन् । 

जर्मन स्थित विश्व प्रसिद्ध किल यूनिभर्सिटिबाट स्त्री रोग विशेषज्ञमा थप डिग्री हासिल गरेकी वरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधी) मार्फत् आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएकी छन् ।

विदेशमा रहेर अध्ययन गर्दादेखि नै अत्याधुनिक प्रविधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंगबमले जानकारी दिइन् । 

यससँगै डा.लाईकंगबमले अत्याधुनिक प्रविधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईने सर्जरी गर्ने नेपालकै प्रथम स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको बनेको पनि उल्लेख गरिन् । नेपाली दिदिबहिनीहरुले आवश्यक परेको अवस्थामा विश्वस्तरीय यस किसिमको शल्यकृया ब्लुक्रस हस्पिटलमा गराउन सकिने समेत डा. रंगिना लाईकंगबमले थप जानकारी गराउनु भएको छ । 

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई केहि हद सम्म योगदान प्रदान गर्न त्रिपुुुरेश्वर–११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts