अमेरिकामा गरिएको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक



Download our app to get more features

एजेन्सी, ३१ असार । अमेरिकामा परीक्षण गरिएको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक देखिएको छ । जसले वैज्ञानिकहरुलाई आशा जगाएको छ । 

अमेरिकाका शिर्ष वैज्ञानिक डा. एन्थोनी फाउचीले खापको महत्वपूर्ण परीक्षण बाँकी रहेको भन्दौ यसको हालसम्मको नजिता भने सकारात्मक रहेको बताए ।
 
नेशनल इन्स्टिच्यूट्स अफ हेल्थ र मोडेरना इन्कमा डा. फाउचीले मिलेर खोपको विकास गरेका छन् । 

अब २७ जुलाईबाट यस खोपको महत्वपूर्ण परीक्षण सुरु हुनेछ । जसमा तीस हजारभन्दा बढी मानिसहरु सहभागि हुनेछन् । परीक्षणको क्रममा खोपले कोरोना भाइरस संक्रमणबाट जागिन कस्तो भूमिका निर्वाह गर्छ भन्ने विषयमा पत्ता लगाइनेछ ।

अध्ययनकर्ताहरुले मंगलवार ४५ जनामाथि गरिएको परीक्षणको नजिता सार्वजनि गरेका छन् । जसमा स्वयंसेवीको शरीरमा न्यूट्रालाइजिंग एन्टी बडी विकसित भएको छ । यसले एन्टीबडी इंफेक्शनलाई रोक्ने काम गर्छ ।
 
अध्ययनकर्ताको टोलीले न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा भने अनुसार खोप लगाएका स्वयंसेवीहरुको रगतमा त्यति नै मात्रामा एन्टीबडी प्राप्त हुन्छ जति कोभिड–१९ बाट निको हुने बिरामीको शरीरमा प्राप्त हुन्छ ।

यस खोपको दुई वटा डोज दिइनेछ । जसकोबीचमा एक महिनाको अन्तर हुन्छ । खोपको हालसम्म कुनैपनि साइड ईफेक्ट भने देखिएको छैन । तर, अध्ययनमा सहभागि आधाभन्दा बढी मानिसहरुले फ्लू जस्तो देखिएको प्रतिक्रिया दिएका छन् ।  
खोप लगाइसकेपछि टाउके दुख्नु, चिसो अनुभव हुनु, ज्वरो आउनु वा खोप लगाइएको ठाउँमा दुखाई हुनु सामान्य हो । तर, जसलाई डोजको मात्रा धेरै दिइएको थियो । उनीहरुमा लक्षण धेरै देखिएको र पछि उनीहरुलाई दोहोर्याएर परीक्षणमा सहभागि गराइएन ।

वान्डरबिल्ट यूनिभर्सिटी मेडिकल सेन्टरका अध्ययनकर्ता डा. विलियम शाफनरले खोपको सुरुवाति नजितालाई राम्रा बताएका छन् । तर, अहिले नै यसको अन्तिम नतिजा नआउने पनि उनले प्रष्ट पारे । खोपको अन्तिम र उत्तम नतिजा आउन यो वर्षको अन्तिमसम्म कुर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकाको मैसाचुसेट्सको क्याम्ब्रिजस्थित कम्पनीले सार्वजनिक गरेको नतिजामा युवाहरुलाई मात्रै हसभागि गराइएको थियो भने अब हुने परीक्षणमा वृद्धहरुलाई पनि सहभागि गराइनेछ । कारण कोरोना संक्रमणका कारण विश्वमा सबैभन्दा धेरै वृद्धहरु प्रभावित भएका छन्। 

विश्वभर कोरोना भाइरस विरुद्धको करिब दुई दर्जनभन्दा बढी खोपको परीक्षण जारी छ । जसमा अधिकांश खोपको अन्तिम परीक्षण हुँदैछ । चीन र बेलायतको अक्सफर्ड यूनिभर्सिटीको खोपको पनि चाँडै नै अन्तिम परीक्षण हुने तयारी छ ।

अमेरिकी सरकारले अक्सफर्डको खोप र जनसन एन्ड जनसनको खापको पनि ठूलो संख्यामा परीक्षण गर्ने तयारी गरिरहेको छ । त्यस बाहेक फाइजर कम्पनीको खोपको पनि ठूलो संख्यामा परीक्षण गरिने छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts