वर्षको अन्त्यसम्म कोरोना भाइरस विरुद्धको खोप नआए के हुन्छ विश्वका यी मुलुकहरुको अवस्था ?



Download our app to get more features

एजेन्सी, २५ असार । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण विश्वभर संक्रमित हुनेको दर दिन प्रतिदिन बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकहरु कोरोना भाइरस विरुद्धको खोप विकासमा पनि सक्रिय छन् । तर, हालसम्म कुनै ठोस नतिजा आउन सकेको छैन । यसैबीच सार्वजनि एक अध्ययनका अनुसार कोरोना भाइरस विरुद्धको खोप यदि वर्षको अन्त्य वा नयाँ वर्षको सुरुवातसम्म नआए विश्वका ४ मुलुकमा लाखौंको संख्यामा मानिसहरु संक्रमित हुन सक्ने छन् । जसमा सबैभन्दा बढी भारतका नागरिक पर्ने बताइएको छ । 

म्यासाचुसेट्स इन्स्टीच्यूट अफ टेक्नोलोजी (एमआईटी) का अध्ययनकर्ताका अनुसार अहिलेको अवस्थामा यदि २०२१ सम्म भारतमा कोरोना भाइरस विरुद्धको खोप आउन नसके दिनकै २ लाख ८७ हजार मानिसहरु संक्रमित हुन सक्नेछन् । यो अध्ययन ८४ मुलुकको कोरोना परीक्षण र संक्रमित दरको आधारमा गरिएको हो । जुन विश्वको कुल जनसंख्याको ६० प्रतिशत भाग छ ।

आईएमटीका अध्ययनकर्ता हाजहिर रहमनदाद, टीवाई लिम र जन स्टरम्यानले निष्कर्ससम्म पुग्नका लागि क्भ्क्ष्च् नमूना (स्ट्याडर्ड म्याथमेटिकल मोडल) को प्रयोग गरेका थिए । संक्रामक रोगहरुको पत्ता लगाउनका लागि संक्रामक रोग विषेशज्ञहरु यस मोडेलको प्रयोग गर्ने गरेका छन् ।
 
समाचार संस्था रोयटर्स, एएफपी र बीबीसी लगायतमा प्रकाशित समाचारका अनुसार अध्ययनकताहरुले कोरोना भाइरसको यदि औषधि वा खोप पत्ता लाग्न नसके यसको उपचार सम्भव नहुने र विश्वभर संक्रमितको संख्या २०२१ को मार्चदेखि मेसम्मको बीचमा २० देखि ६० करोडको बीच पुग्न सक्ने दावी गरेका छन् । साथै आउने वर्षको सुरुवासम्म कोरोना संक्रमणका कारण भारतको स्थिति सबैभन्दा बढी खराब हुने पनि दावी गरेका छन् ।
 
फरवरीपछि भारतमा प्रतिदिन २ लाख ८७ हजार, २०२१ को अन्त्यसम्म अमेरिकामा प्रतिदिनि ९५ हजार, दक्षिण अफ्रिकामा प्रतिदिन २१ हजार र ईरानमा प्रतिदिन १७ हजार संक्रमित फेला पर्ने छन् । 

यस अध्ययनमा मुख्य तीन कुरालाई ध्यानमा राखिएको छ । जसमा हाल भइरहेको कोरोना परीक्षण र त्यसको प्रभाव कस्तो हुनेछ, दोस्रो यदि १ जुलाई २०२० पछिको परीक्षण दरमा शून्य दशमलव १ प्रतिशत वृद्धि भएको र तेस्रो यदि कोरोना परीक्षण हालकै अवस्थामा रहने हो तर, सम्पर्क दरको जोखिम ८ मा हुने अर्थात् एक संक्रमित व्यक्तिले कम्तिमा ८ जनाभन्दा कमलाई संक्रमित गर्छ । 

यो मोडल कोभिड १९ को सुरुवाति र आक्रामक परीक्षणको महत्वलाई दर्शाउँछ । किनकी यस कोरोना संक्रमितको दर निकै तीव्र गतिमा फैलिदै छ । यसको अर्थ यदि कोरोना परीक्षणमा कमि आयो वा ढिलो भयो भने बढी जनसंख्या भएको देशको लागि घातक हुन सक्छ ।

अध्ययनले पहिलो मोडलले ८४ मुलुकमा डेढ अर्ब भन्दा बढी संक्रमितको संख्या बढ्न थालेको सम्भावना बढी छ । जबकि दोस्रो मोडेलमा यदि शून्य दशमलव १ प्रतिशत प्रतिदिनको हिसाबले बढ्यो भने संख्या एक अर्ब ३७ करोड हुने पनि दावी गरेको छ ।
 
अहिलेको अवस्थामा २०२० को सेप्टेम्बरदेखि नोभेम्बरसम्म कोरोना संक्रमितको संख्यामा फेरि वृद्धि हुने । विशेषगरि भारत, बंग्लादेश, पाकिस्तान र अमेरिकामा अपर्याप्त उपायहरु कारण लाखौंको संख्यामा संक्रमित थपिने अध्ययनमा दावी गरिएको छ । जसले गर्दा कोरोना संक्रमण विरुद्धको मापदण्डलाई र नीतिमा ठूलो परिवर्तन आउन सक्छ ।

यदि कोरोना परीक्षणको दर हालसको गतिमा हुँदै जाने र सम्पर्क दर ८ सम्ममा सीमित रह्यो भने संक्रमितको संख्यामा कमी आउन सक्ने पनि दावी गरिएको छ । तेस्रो मोडेलका अनुसार कोरोना भाइरस पोजेटिभ मानिसहरुको संख्या वैश्विक स्तरमा ६० करोडसम्म हुन सक्छ । अध्ययनमा भविष्यको परिणाम परीक्षणमा काम र बिरामीको प्रसारलाई कम गर्नका लागि समुदाय र सरकारको इच्छामा निर्भर छ ।

आईएमटीको अध्ययनमा कोरोना भाइरस पोजेटिभ र मृत्युको तथ्यांक विश्वभर निकै कम रिपोर्ट गरिएको छ । अध्ययनकर्ताका अनुसार संक्रमित र मृत्यु हुनेहरुको दर लुकाउनाले ती मुलुकमा अवस्था झन् भयावह आउन सक्छ । 

अमेरिकी विश्व विद्यालय जन हपकिन्सको रिपोर्टका अनुसार १८ जुनमा पुरै विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाख २४ हजार थियो जबकी साढे ४ लाखभन्दा बढीको मृत्यु भइसकेको थियो । त्यो संख्या हाल एक करोड २१ लाख नाघिसकेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts