भारतमा विकास गरिएको कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण गर्ने तयारी

भारत, २१ असार । भारतमा विकास गरिएको भनिएको कोरोना भाइरस विरुद्धको खोपको मानव परीक्षण हुने भएको छ ।
भारतको बायोटेक औषधि कम्पनीले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप कोभ्याक्सिन १५ अगस्टमा लञ्च हुने तयारी गरिएको छ । फर्मास्यूटिकल कम्पनी भारत बायोटेक र भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) को तर्फबाट भ्याक्सिन लञ्च हुने छ । भ्याक्सिनलाई लिएर आईसीएमआरले शनिवार एक वयान सार्वजनिक गरेको छ । आईसीएमआरले भ्याक्सिनको प्रि क्लिनिकल अध्ययन सफलतापूर्वक पूरा भएको र अब मानव परीक्षणको फेज एक र २ को सुरुवात गरिनेछ ।
आईसीएमआरका अनुसार सार्वजनिक स्वास्थ्य हितमा रहेको हुनाले स्वदेशी भ्याक्सिनको परीक्षणमा तीव्रता दिइएको हो । भ्याक्सिनलाई लिएर आईसीएमआरको प्रक्रिया विश्व स्तरमा स्वीकृत मापदन्ड अनुसार सहि रहेको पनि आईसीएमआरले जनाएको छ ।
भ्याक्सिनको सबै चरण छिट्टै पूरा हुने भन्दै आईसीएमआरले भ्याक्सिनको सबै चरण पूरा भएपछि ढिलाई नगरि जनसंख्याको आधारमा परीक्षण सुरु गर्ने तयारी समेत गरेको छ । भारतले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपलाई हालै मात्रै मानव परीक्षणका लागि अनुमति दिइएको छ ।
आईसीएमआरको तर्फबाट जारी गरिएको पत्र अनुसार ७ जुलाईबाट मानव परीक्षणका लागि इनरोलमेन्ट सुरु गरिनेछ । त्यसपछि यदि सबै परीक्षण सहि भयो भने अगस्त १५ सम्म खोप बजारमा आउने छ ।
केही दिन अघि हैदरावादको फर्मा कम्पनी भारत बायोटेकले दावी गरेको थियो कि उसले कोभ्याक्सिनको फेज १ र फेज २ को मानव परीक्षणका लागि डीसीजीआईबाट अनुमति पाएको छ । कम्पनीले परीक्षणको काम जुलाईको पहिलो हप्तामै सुरु गर्नेछ । भारत बायोटेक यसअघि पनि विभिन्न रोगको खोप विकास गर्दै आएको छ ।