अफ्रिकी मुलुक कंगोमा इबोलाको संक्रमण, ५ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, २० जेठ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसका कारण ५ जनाको मृत्यु भएको छ ।

कंगोका स्वास्थ्य मन्त्री इटेनी लोङ्डोका अनुसार पश्चिमी शहर म्बानडाकामा इबोला भाइरसको संक्रमण देखिएको हो । 

उनले प्रभावित क्षेत्रमा चिकित्सक र औषधि पठाइएको बताए । डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्य भएको घोषणा गर्ने तयारीमा थियो । 

युनिसेफका अनुसार ९ जनामा संक्रमण देखिएकोमा १५ वर्षीया एक जना बालिकापनि छन् । जसमा ५ जनाको मृत्यु भएको र ४ जना संक्रमित भएका छन् ।

१८ देखि ३० मे सम्ममा  जनामा इबोला संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले पनि पुष्टि गरेको छ ।

अफ्रिकन मुलुक कंगोमा कोरोना भाइरसका कारण ७२ जनाको मृत्यु भएको छ भने ३१ सयभन्दा बढी संक्रमित भएका छन् । कोरोना संक्रमण महमारीकाबीच देखिएको इबोलाका कारण फेरि कंगोमा त्रास बढेको छ ।

सन् २०१९ दक्षिण अफ्रिकी मुलुक कंगोमा ३ लाख ७० हजार मानिस संक्रमित भएका थिए भने ६ हजारभन्दा बढीको मृत्यु भएको थियो ।

Last modified on 2020-06-02 09:39:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts